तपाईँ सुन्दै हुनुहुन्छः

बहिनी बलात्कार गरेको आरोपमा सहोदर दाजु पक्राउ

बझाङ । आफ्नै बहिनी बलात्कार गरेको आरोपमा सहोदर दाइलाई बझाङ प्रहरीले पक्राउ गरेको छ । १२ वर्षीया बालिका बहिनीलाई बलात्कार गरेको आरोपमा १९ वर्षीय  दाजुलाई प्रहरीले नियन्त्रणमा लिर्इ सोमबार मुद्धा दर्ता गराएको हो । गोपनियताका कारण दाजुबहिनीकै नाम भने प्रहरीले गोप्य राखेको छ ।

गएको चैत्र ६ गते बेलुकी बालिका मेलामा घाँस काट्न जाने क्रममा बालिकाको आमा खेतमा पोस्रो ९मल० फाल्न गएको मौका छोपी बालिकालाई छाना ९गाइगोठमा० मोबाइलमा फिल्म देखाइ ५ सय रुपैयाँ दिने भनि लोभलालच देखाई बलात्कार गरेको र बलत्कार पछी बालिकालाई सोही ठाउँ छोडेर पिडक भागेको उजुरीमा उल्लेख भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

आमा, छोरी घर फर्केपछी बालिकाले आफुलाई गाइगोठमा लिएर मोबाइलमा फिल्म देखाइ ५ सय रुपैयाँ दिने भनि बलात्कार गरेको कुरा आफ्नो आमालाई सुनाएपछी बालिकाको आमाले चैत ७ गते जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिएकि थिइन् । 

उजुरी पश्चात जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजी गर्दा घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा डिएसपी ज्ञान बहादुर विष्टले बताउनुभयो । बालिका आमाको सहायतामा प्रहरीको सम्पर्कमा पुगेपछि प्रहरीले स्वास्थ परीक्षण पछि बालिकालाइ हिंसा प्रभावितको क्षेत्रमा काम गरिराखेको महिला सुरक्षित आवास गृह सेभ हाउसमा जिम्मा लगाइ आरोपीविरुद्ध मुद्धा चलाएको छ ।

बहिनी बलात्कारको आरोप लागेका दाजुलाई नियन्त्रणमा लिइ जबरजस्ती करणीअन्तर्गत मुद्धा चलाइएको र थप अनुसन्धान भइरहेको समेत डिएसपी विष्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button