तिलोत्तमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय मापदण्ड प्रमाणित नगरपालिका
भैरहवा । अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित नगरको रुपमा रुपन्देहीको तिलोत्तमा नगरपालिका सूचीकृत भएको छ ।
देशभरमै पहिलो पटक तिलोत्तमा नगरपालिकाले आफ्नो कार्यसम्पादनका विभिन्न ३६ वटा सूचक पुरा गरी युनाइटेड एप्लिकेशन फाउन्डेसन अमेरिकाद्वारा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित प्राप्त गरेको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण नगरपालिका घोषणा कार्यक्रममा आइएसओ सर्टिफिकेशन नेपालका म्यानेजर सुदिप शर्माले नगरपालिकाका नगरप्रमुख वासुदेव घिमिरेलाई सो प्रमाणपत्र प्रदान गर्नुभएको हो ।
देशभरमा अन्य केही पालिकाले समेत प्रक्रिया अगाडी बढाइरहेको सन्दर्भमा तिलोत्तमा नगरपालिकाले सो मापदण्ड सहित ३६ सूचक पुरा गरी प्रमाणपत्र प्राप्त गरेको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख वासुदेव घिमिरेले जानकारी दिनुभयो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला सचिव यज्ञ गैरे, नेपाली कांग्रेस नगर सभापति हरिलाल पाण्डे, नेकपा माओवादी केन्द्र, नगर अध्यक्ष बेल प्रसाद शर्मा लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा नगर उपप्रमुख जागेश्वर देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली, नगर प्रवक्ता सुरेन्द्र श्री, वडा अध्यक्षहरू, जनप्रतिनिधि, विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधि, शिक्षक, पत्रकारहरूको उपस्थिति रहेको थियो ।
स्वागत मन्तव्य प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली र कार्यक्रमको सञ्चालन सूचना प्रविधि अधिकृत श्री सुदिप ढकालले गर्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्