बैङ्किङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ
सुनसरी । फागुन २७ गतेदेखि बैङ्किङ कसुर मुद्दाका फरार अभियुक्त सुनसरी हरिनगर गाउँपालिका–१ का ३६ वर्षीय समसेर आलमलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले ३ वर्षपछि पक्राउ गर्न सफल भएको छ ।
सम्मानित उच्च अदालत विराटनगरको मिति २०७५/११/२७ गते फैसलाले ३ महिना कैद र रु.७१,९०,०००(एकहत्तर लाख नब्बे हजार) जरिवाना भए पश्चात् समसेर आलम फरार भएका थिए ।

निज अभियुक्त उपर पुन अनिल कुमार झा र गोविन्द प्रसाद घिमिरेले दिएको उजुरी आधारमा सम्मानित अदालतबाट लगत नं. ९०२९, मिति २०७५/११/२७ गतेको फैसलाले ३ महिना कैद र रु. ५१,९०,०००(एकाउन्न लाख नब्बे हजार) र लगत नं. ९०३०, मिति २०७५/११/२७ गतेको फैसलाले रु.२०,००,०००(बिस लाख) कैद जरिवाना तोकिएको थियो ।
अभियुक्तलाई पक्राउ पश्चात् चैत्र ०७ गते नै सम्मानित अदालतमा उपस्थित गराइएको थियो । निजले जरिवाना बापतको रकम व्यहोर्न नसकेको हुँदा सम्मानित अदालतको आदेश अनुसार थुनामा राख्न झुम्का कारागार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्