डडेलधुराको अजयमेरुमा एकिकृत स्वास्थ्य शिविर सुरु
डडेलधुरा । डडेलधुराको अजयमेरु गाउँपालिकामा एकीकृत स्वास्थ्य शिविर सुरु भएको छ ।
शनिबार अजयमेरु गाउँपालिका–१ समैजी स्वास्थ्य चौकीबाट एकीकृत स्वास्थ्य शिविर सुरु भएको हो ।
पालिकाका ६ वटै वडामा सञ्चालन हुने शिविरको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले एक औपचारिक उद्घाटन गरेका छन् ।
शिविरमा स्वास्थ्य परीक्षण तथा परार्मस सेवा, गर्भवती महिलाको स्वास्थ्य परीक्षण तथा अल्ट्रासाउण्ड सेवा, पाठेघरको मुखको क्यान्सर परीक्षण, आँखा परीक्षण तथा उपचार सेवा, आङ्गखसेको महिलाका लागि रिंपेसरी राख्ने सेवा, परिवार नियोजन तथा परामर्श सेवा र निःशुल्क औषधी वितरण भइरहेको स्वास्थ्य शाखा प्रमुख हिक्मत कडायतले बताउनुभयो ।
यसैगरी आज आइतबार चमडा स्वास्थ्य चौकीमा एकीकृत स्वास्थ्य शिविर सञ्चालन भएको छ ।







प्रतिक्रिया राख्नुहोस्