हराएका कलात्मक मूर्ति बेलायतद्वारा नेपाललाई हस्तान्तरण
काठमाडौँ । नेपालबाट सन् १९८०–१९९० सम्ममा हराएका प्राचीन मूर्तिमध्येका दुई वटा मूर्ति बेलायत सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
नेपाली दूतावास लन्डनमा आयोजित एक विशेष समारोहमा बेलायती प्रहरीले बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई मूर्ति हस्तान्तरण गरेको हो ।
सोह्रौँ शताब्दीमा काठमा कुँदिएको कलात्मक तोरणको मूर्ति काठमाडौँको हनुमान ढोका कुमारी बहालबाट हराएको थियो । यसैगरी १८ औँ शताब्दीतिर कुँदिएको घुँडा टेकेर नमस्ते मुद्रामा रहेको ढुङ्गाको मूर्ति काठमाडौँको ओमबहालस्थित मञ्जुश्री मन्दिरबाट हराएको थियो ।
गृह मन्त्रालय र सुरक्षा निकायको सहयोगमा ती मूर्ति तिनका वास्तविक हकदारलाई फिर्ता गर्ने बेलायती सरकारको नीतिअनुसार हराएका मूर्ति पुन: प्राप्त गरी नेपाललाई हस्तान्तरण गरिएको हो ।






प्रतिक्रिया राख्नुहोस्