स्व पत्रकार केसीको सम्झनामा पत्रकारिता सम्मान घोषणा
सिन्धुपाल्चोक । नेपाल प्रेस युनियन सिन्धुपाल्चोकले प्रेस युनियन–राम केसी अग्रज पत्रकारिता पुरस्कार सम्मान प्रदान गर्ने भएको छ ।
आज युनियनले चौतारामा गरेको श्रद्धाञ्जली सभामा यस्तो घोषणा गरेको हो । यसअघि युनियनले सिन्धु अग्रज पत्रकारिता प्रदान गर्दै आएको थियो । त्यसैलाई परिवर्तन गरी केसीको सम्मानमा नयाँ नामबाट पुरस्कार दिइने नेपाल प्रेस युनियन सिन्धुपाल्चोकका अध्यक्ष दुर्गा आचार्यले जानकारी दिनुभयो । केसी राससमा आबद्ध हुनुहुन्थ्यो ।

१० औँ दिनको पुण्य तिथिमा उनको व्यक्तित्वबारे पत्रकार महासङ्घ सिन्धुपाल्चोकका पूर्व सभापतिद्वय सुदर्शन आचार्य, ऋषिराम पौड्याल, साहित्यकार अमित घिमिरे, महासङ्घ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठ, नेपाली कांग्रेस सिन्धुपाल्चोकका उपसभापति टङ्क कार्की, पूर्व सचिव बिलबहादुर तामाङ लगायतले चर्चा गर्नुभएको थियो ।
५१ सालबाट पत्रकारिता सुरु गर्नुभएका केसीका एक गीति सङ्ग्रह र एक कथा सङ्ग्रह प्रकाशित छन् । दमको रोगबाट ग्रसित उहाँको उपचारका क्रममा केएमसी अस्पतालमा निधन भएको थियो । उहाँका श्रीमती, एक छोरा र ४ छोरी छन् ।







प्रतिक्रिया राख्नुहोस्