तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा नेपालकै ठूलो शङ्ख निर्माण 

सल्यान । सल्यान छत्रेश्वरी गाउँपालिका–६ शंखमुलमा नेपालकै ठूलो शङ्ख निर्माण गरिएको छ । 

धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपालकै ठूलो शङ्ख निर्माण गरिएको हो । 

शंखमुलको रहेको कुण्डमा महादेव नुहाएर कैलाश जाँदा कुण्डमा नै शङ्ख बिर्सेका कारण उक्त कुण्डकोको नाम शंखमुल रहन गएको धार्मिक विश्वास रहेको छ । 

ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व बोकेको शंखमुललाई थप संरक्षण तथा प्रवर्द्धन गर्न नेपालकै ठूलो शङ्ख निर्माण गरिएको गाउँपालिका अध्यक्ष सन्तोष केसीले बताउनुभयो । गाउँपालिकाले १ करोड ६० लाखको लगानीमा शंखपार्क नै निर्माण गरेको उहाँको भनाई छ । 

पार्कभित्र शिव पार्वतीको विशाल मूर्ति,शङ्ख, पानीको फोहोरा, पौराणिक झल्को दिने घर, चौतारा लगायतको पूर्वाधार निर्माण गरिएको शंखपार्क धार्मिक क्षेत्र विकास समाजका अध्यक्ष तपेन्द्रमान श्रेष्ठले बताउनुभयो । पार्कले धार्मिक आस्थालाई जीवन्त बनाएको उहाँको भनाई छ । पार्कमा आउने पर्यटकका लागि वाइफाई फ्रि गरिएको उहाँले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button