तपाईँ सुन्दै हुनुहुन्छः

थप २७ जनामा कोरोना संक्रमण पुष्टि, २ सय २० जना सङ्क्रमणमुक्त 

फाइल तस्बिर

काठमाडौँ । देशभर आज थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  । 

४ हजार ७ सय ४७ नमुनाको परीक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

आज २ सय २० जना सङ्क्रमणमुक्त भएका छन् भने संक्रमित कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । 

यस्तै, आज एक लाख ४५ हजार ९ सय ८४ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button