गान्धी मेमोरियल अस्पतालको नवनिर्मित भवनको उद्घाटन

भोजपुर । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र भारतीय राजदूतावास काठमाडौँका नियोग उपप्रमुख नामग्य सी.खम्पा भोजपुरको उत्तर षडानन्द नगरपालिकामा बनेको महात्मा गान्धी मेमोरियल अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्नुभएको छ ।
हेलिकप्टरमार्फत भोजपुरको दिङला पुग्नुभएका मन्त्री कार्की र भारतीय राजदूतावास काठमाडौँका नियोग उपप्रमुख नामग्य सी.खम्पाले आज संयुक्त रुपमा गान्धी मेमोरियल अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्नुभएको हो ।
सञ्चार मन्त्री कार्की जलश्रोत मन्त्री हुनुभएका बेला तत्कालीन नेपालका लागि भारतीय राजदूत रञ्जित रेको उपस्थितिमा उक्त भवनको शिलान्यास गर्नुभएको थियो ।
भारत सरकारको सहयोगमा अस्पताल भवन निर्माण भएको हो ।







प्रतिक्रिया राख्नुहोस्