लाइसेन्सको अनलाइन आवेदन आजदेखि बन्द

काठमाडौँ । यातायात व्यवस्था विभागले सवारी साधन अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन बन्द भएको छ । आजदेखि लागु हुने गरी आवेदन बन्द गरिएको विभागले जनाएको छ । अहिलेसम्म परेका अनलाइन आवेदनको टुङ्गो लगाउनुपर्ने भएकाले अर्को सूचना जारी नभएसम्म अनलाइन आवेदन बन्द रहने विभागले जनाएको छ ।
अहिले आवेदन दिएकाहरूको ‘भिजिट मिति’ आउनै दुई वर्षभन्दा धेरै लाग्ने देखिएको छ । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेकोले सवारीसाधन अनुमतिपत्र लाइसेन्स लिन चाहनेको लाइन लामो छ । ६ महिना बन्द गरेर गत ९ कात्तिकदेखि लाइसेन्सको आवेदन लिन थालिएको थियो । तर विभागले सहज रूपमा ट्राइल तथा परीक्षा गराउन सकेको छैन ।







प्रतिक्रिया राख्नुहोस्