तपाईँ सुन्दै हुनुहुन्छः

निजामती कर्मचारी सङ्गठनमा कोइराला

काठमाडौँ ।नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी सङ्गठनको सोमबार सम्पन्न दुई दिने ११औँ राष्ट्रिय अधिवेशनले लेखनाथ कोइरालाका अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको छ । उहाँ यसअघि वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।

अधिवेशनले उपाध्यक्षमा भवानी दाहाल, रेवन्त गौतम र प्रभास साह, महासचिवः जीवन काफ्ले, उपमहासचिवमा रामचन्द्र अधिकारी, युवाचन्द्र घिमिरे, कृष्णबहादुर केसी र विजया सुवेदी, सचिवहरूमा देवेन्द्र ढकाल, वामदेव ओली, तेजप्रकाश भण्डारी, सूर्यबहादुर कुँवर, पुरुषोत्तम रायमाझी र विष्णुकुमारी अधिकारी र.कोषाध्यक्षमा गणेशप्रसाद आचार्यलाई चयन गरेको छ ।

मुलुकभरबाट करिब एक हजार प्रतिनिधि सहभागी सो अधिवेशनको गत फागुन २८ गते एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा उद्घाटन गर्नुभएको थियो । विसं. २०४७ वैशाख ७ गते सङ्गठनको स्थापना भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button