तपाईँ सुन्दै हुनुहुन्छः

पार्टीभित्र उच्च स्तरीय एकता आवश्यक छ: कांग्रेस महामन्त्री थापा

नेपालगन्ज । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीभित्र उच्च स्तरीय एकता आवश्यक रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ ले आज कोहलपुरमा आयोजना गरेको आमसभामा महामन्त्री थापाले अभूतपूर्व एकताका साथ स्थानीय चुनावमा होमिन पार्टी पङ्क्तिलाई आह्वान गर्नुभयो । काँग्रेसलाई चुनावी तालमेल गर्न आवश्यक नरहेको भन्दै उहाँले नेता कार्यकर्ताले पनि पार्टी नेतृत्वलाई भरोसा दिलाउन सक्नुपर्ने बताउनुभयो ।

महामन्त्री थापाले एमसीसीका बारेमा भ्रम फैलाइएको बताउँदै एमसीसी विशुद्ध अनुदान सहयोग भएको स्पष्ट पार्नुभयो । उहाँले एमसीसी राष्ट्रको हितमा रहेकाले कांग्रेस एमसीसीको पक्षमा उभिएको बताउनुभयो ।

महामन्त्री थापाले वैशाख ३० गतेको स्थानीय निर्वाचनको मिति एक दिन पनि दायाँबायाँ नहुने बताउँदै निर्वाचनको तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।

आमसभालाई केन्द्रीय सदस्यहरु दीपक गिरी, सञ्जय गौतम, मैकुलाल वाल्मीकि लगायतका नेताहरूले सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button