धनुषाको माटोमा फस्फोरस, नाइट्रोजन र पोटासको अभाव
जनकपुरधाम । धनुषामा माटोको गुणस्तर निक्कै कमजोर भएको पाइएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना समन्वय इकाई धनुषाले जिल्लाको लक्ष्मीनिया गाउँपालिकाको बनीनीयामा गरेको परीक्षणको क्रममा माटोमा बालीका लागि चाहिने पौष्टिक तत्त्वको व्यापक कमी देखिएको परियोजनाका प्रमुख, वरिष्ठ कृषि विकास अधिकृत युगल किशोर तिवारीले जानकारी दिनुभयो ।

कूल ५८ किसानको माटोको परीक्षण गर्दा माटोमा फस्फोरस, पोटास र नाइट्रोजनको कमी हुनुका साथै अम्लीयपन बढी पाइएको कृषि प्राविधिक राहुलदेव साहले जानकारी दिनुभयो ।
रासायनिक मलको अभाव भएको र ५८ मध्ये ७ जनाले मात्र पशु चौपाया पालन गरेका कारण माटोमा प्राङ्गारिक मल हाल्न मिल्ने बताए पनि अन्य ५१ जनाले माटोको गुणस्तर सुधारका लागि डिएपी सहितका मल नै प्रयोग गर्नुपर्ने बाध्यता बताएको साहले जानकारी दिनुभयो ।
माटोको गुणस्तरमा सुधारका लागि चुन तथा जैविक मलको प्रयोग गर्न किसानहरूलाई सल्लाह दिइएको कृषि इन्जिनियर मनिष साहले जानकारी दिनुभयो । माटोको गुणस्तरमा सुधारका लागि डिएपी मल आवश्यक रहेको तर किसानले समयमा नपाएको गुनासो गरेको उहाँले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्