तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोक कांग्रेस सभापतिमा लामा

सिन्धुपाल्चोक। नेपाली कांग्रेस सिन्धुपाल्चोकको सभापतिमा संस्थापन समूहका जङ्गबहादुर लामा विजयी हुनुभएको छ ।

आइतबार राति प्राप्त अन्तिम नतिजाअनुसार लामा ९१२ मतसहित सभापतिमा विजयी हुनुभएको हो ।

सभापतिका अर्का उम्मेदवार वंशलाल तामाङ पराजित हुनुभएको छ । वंशलालले ८४८ मत पाउनुभएको निर्वाचन समितिले जनाएको छ ।

सभापतिमा आइतबार दोस्रो चरणको मतदान भएको थियो । मतदानमा १७८३ मत खसेको थियो । जंगबहादुरले वंशलाललाई ६४ मतको अन्तरले पराजित गर्नुभएको हो ।

वंशलाललाई सभापतिमा तेस्रो नम्बरमा पराजित हुनुभएका प्रेमध्वज लामाको समर्थन थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button