तपाईँ सुन्दै हुनुहुन्छः

खप्तड गोल्डकप फुटबलको उपाधि मनाङ मर्स्याङ्दीलाई

धनगढी । मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता पाचौं संस्करणको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ ।

धनगढी रङ्गशालामा आज भएको फाइनलमा फ्रेण्ड्स क्लबलाई ३–१ गोल अन्तरले हराउँदै मनाङ मर्स्याङ्दीले दोस्रो पटक उपाधि जितेको हो । मनाङको जितका लागि दिनेश राजबंंशी, आफिज ओलावाले र मौसा आबागानले समान १–१ गोल गरेका थिए । यस्तै फ्रेण्ड्सका लागि जमोउल एन्थोलीले १ गोल गरेका थिए ।

उपाधि जितेको मनाङले नगद २१ लाखसहित ट्रफी र उपविजेता फ्रेण्ड्सले नगद १० लाख प्राप्त गरेका छन् । प्रतियोगिता विजेता टोलीलाई एक कार्यक्रमका बिच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पुरस्कार वितरण गर्नुभयो । त्यस क्रममा उहाँले खेलकुद क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button