तपाईँ सुन्दै हुनुहुन्छः

आफ्नै शक्तिमा भरोसा गर्नुपर्छ: नेता यादव

सप्तरी । नेकपा माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादवले निर्वाचनमा गठबन्धन भन्दा पनि आफ्नै शक्तिमा भरोसा गर्नुपर्ने बताउनुभएको छ।

प्रेस सेन्टर, सप्तरीले शनिबार राजविराजमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता यादवले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेरै जानुपर्ने तर आफ्नै शक्तिमा पनि भरोसा गर्नुपर्नेमा जोड दिनुभयो ।

पार्टीको आफ्नै शक्ति छैन भने गठबन्धन गरेर पनि केही नहुने बताउँदै उहाँले आफ्नो शक्तिमा जोड दिएर गठबन्धनमा ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button