थप ७७ जनामा कोरोना संक्रमण पुष्टि, १ सय ८९ जना सङ्क्रमणमुक्त

काठमाडौँ । आज देशभर थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
७ हजार ९ सय ८१ नमुना परीक्षण गर्दा ७७ मा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
कोरोना सङ्क्रमण दर घटेपछि सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घटेको छ । हाल देशभर ५ हजार २ सय १२ जना सक्रिय सङ्क्रमितले आइसोलेसनमा रहेर उपचार गरिरहेका छन् ।
गएको २४ घण्टामा १ सय ८९ जना सङ्क्रमणमुक्त भएका छन् । कोरोनाबाट निको हुने दर ९८ दशमलव २ प्रतिशत रहेको मन्त्रालयको तथ्याङ्क छ ।
आज सङ्क्रमणबाट १ जनाको मृत्यु भएको छ । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९ सय ५० पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्