तपाईँ सुन्दै हुनुहुन्छः

विश्व मिर्गौला दिवसका अवसरमा निःशुल्क मिर्गौला परीक्षण

स्याङ्जा  । रोटरी क्लब अफ वालिङ सिटीले विश्व मिर्गौला दिवसका अवसरको सचेतनामूलक र्‍याली गरेको छ । 

नियमित व्यायाम गरौँ, रोगको पहिचान हाम्रो अभियान, डाक्टरको परामर्श विना कुनै औषधी सेवन नगरौँ, मध्यमान फोहोरपान लगायतका चेतनामूलक सन्देश लेखिएको प्लेकार्ड सहितको र्‍यालीमा स्वास्थ्यकर्मी, विद्यार्थी, सुरक्षाकर्मी, सर्वसाधारण, सञ्चारकर्मी र सर्वसाधारणको सहभागिता थियो । 

र्‍याली गह्रौँ प्राथमिक अस्पतालबाट सुरु भएको र्‍यालीले भुम्रे, चोक, भकुण्डे हुँदै वालिङ १० फूलबारी स्थित वालिङ डायलसिस सेन्टरमा पुगेर कोणसभामा परिणत भएको थियो । 

कोणसभा डायलासिस सेन्टरका डा.सुधीर गौतम, रोटरी क्लब वालिङका पूर्व अध्यक्ष राजेन्द्र डुम्रे, रेडक्रसका विष्णु प्रताप खाँणलगायतले बोल्नुभएको थियो । 

वक्ताहरूले मिर्गौलाको सुरक्षाका लागि दैनिक आहार विहार, पर्याप्त पानी तथा योगाभ्यासमा ध्यान दिनुपर्ने बताउनुभयो । पछिल्लो समय मिर्गौला पीडित बिरामीहरूको सङ्ख्या बढिरहेको अवस्थामा आफ्नो दैनिकीलाई परिवर्तन गरी मुटु स्वच्छ राख्नुपर्नेमा उहाँहरूको जोड थियो । र्‍यालीमा सहभागीलाई निःशुल्क मिर्गौला परीक्षणको समेत व्यवस्था गरिएको छ । 

र्‍यालीमा सहभागी झण्डै ३ सय जनाले मिर्गौलाको परिक्षण गर्नेछन् । उनीहरूलाई आजैबाट मिर्गौला परीक्षणको व्यवस्था गरिएको क्लबले जनाएको छ । 

कार्यक्रम क्लबका अध्यक्ष युवराज गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सचिव सिता पाण्डेले गर्नुभएको थियो । 

त्यसैगरी, क्लबले गत माघ १ गतेबाट वालिङमा निःशुल्क मिर्गौला डायलाइसिस सेवा सञ्चालनमा ल्याएको छ । गौतम बुद्ध सामुदायिक मुटु अस्पतालसँगको सहकार्यमा माघदेखि सात जनाका दरले दैनिक दुई सिफ्टमा मुटु रोगीले निःशुल्क मिर्गौलाको डायलाईसिस गराइरहेका क्लबका पूर्व अध्यक्ष सोमु रानाले जानकारी दिनुभयो । 

रोटरी क्लब वालिङ र रोटरी क्लब बुटवलको २ करोड र रोटरी फाउडेशन (अन्तर्राष्ट्रिय) को ३ करोड गरी ५ करोडको लागतमा निर्मित सुविधा सम्पन्न केन्द्रमार्फत वालिङ मै सेवा लिन पाएपछि मिर्गौला पीडित लाभान्वित भएका छन् । यसअघि भने यहाँका मिर्गौला पीडितहरू डायलायसिसका लागि पोखरा, पाल्पा, बुटवल, पोखरा जानुपर्ने बाध्यता थियो । सेन्टरमा मिर्गौला विशेषज्ञ र एमबिबिएस डाक्टर एक÷एकसहित ११ जना कर्मचारी कार्यरत हुनुहुन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button