झापाको बुधबारेमा निःशुल्क स्वास्थ्य शिविर, ७ सय बढीले लिए सेवा

भद्रपुर, झापा।झापाको बुधबारेमा आइतबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।नेपाल स्काउट बुद्धशान्ति, बुधबारे स्पेस केबल नेटवर्क तथा ब्रोडलिंक इन्टरनेटको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
आफ्ना ग्राहकहरूको स्वास्थ्यलाई मध्यनजर गर्दे केबल नेर्टवर्कले स्वास्थ्य शिविरको आयोजना गरेको सञ्चालक सुनिल भट्टराईले बताएउनुभयो ।शिविरमा आँखा, कान, जनरल फिजिसियन तथा स्त्री रोग सम्बन्धी चेकजाँच गरिएको थियो । शिविरमा दृष्टि आँखा अस्पताल बिर्तामोड, बिपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स्, मनमोहन मेमोरियल मेडिकल कलेजले प्राविधिक सहयोग गरेका थिए ।
श्रीकृष्ण प्रणामी मन्दिरको सभा हलमा आयोजित शिविरमा ७ सय बढी स्थानीये सेवा लिएको बताइएको छ ।







प्रतिक्रिया राख्नुहोस्