काँग्रेस कैलालीको सभापतिमा भट्ट निर्वाचित

धनगढी । नेपाली काँग्रेस कैलालीको सभापतिमा नारायणदत्त भट्ट निर्वाचित हुनु भएको छ । सभापतिका प्रत्याशी प्रकाश बहादुर बमलाई २६३ मत अन्तरले पराजित गर्दै भट्ट सभापतिमा निर्वाचित हुनु भएको हो ।
आज सम्पन्न मत परिणाम अनुसार सभापतिमा निर्वाचित भट्टले १३५९ मत र उहाँका प्रतिस्पर्धी प्रकाशबहादुर बमले १०९६ मत प्राप्त गर्नु भएको निर्वाचन समितिले जनाएको छ । काँग्रेस कैलालीको २५७६ मतदाता रहेकामा आज भएको दोस्रो चरणको मतदानमा २४६७ मत खसेको थियो ।







प्रतिक्रिया राख्नुहोस्