तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसको सप्तरी सभापतिका लागि साह र यादवको उम्मेदवारी दर्ता

सप्तरी । नेपाली काँग्रेसको सप्तरी सभापतिका लागि संस्थापन र संस्थापन इतरबाट उम्मेदवारी दर्ता भएको छ ।

राजविराजस्थित औद्योगिक क्षेत्रमा स्थापना भएको निर्वाचन कार्यालयमा पुगेर दुवै पक्षले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

डा. शेखर कोइराला पक्षबाट सभापतिमा रामदेव साहले उम्मेदवारी दिनुभयो । यस्तै यो समूहबाट उप–सभापतिमा रामकुमार यादव र ध्रुवनारायण चौधरीले उम्मेदवारी दिनुभएको छ । सचिवमा नन्दकिशोर यादव र दुर्गानन्द यादव तथा सह–सचिवमा रामसुन्दर मण्डल र मोहम्द मुस्लिमले उम्मेदवारी दिनुभयो ।

यसैगरी संस्थापन पक्षबाट सभापतिमा शत्रुघन यादवले उम्मेदवारी दर्ता गराउनुभयो । उप–सभापतिमा फतेह मोहम्द र रामप्रसाद मण्डल, सचिवमा प्रभुनारायण चौधरी र सनत मण्डल तथा सह–सचिवमा घनश्याम साह र मनोज खडकाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

सदस्य पदका लागि विभिन्न कल्सटरमा १ सय ५४ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिका संयोजक डा. रुद्र शर्माले जानकारी दिनुभयो । आगामी फागुन २० गते काँग्रेसको जिल्ला नेतृत्वका लागि निर्वाचन हुँदै छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button