मोटरसाइकल चोरीको आरोपमा २ युवक पक्राउ
कञ्चनपुर । मोटरसाइकल चोरी गरेको आरोपमा कञ्चनपुर प्रहरीले २ युवकलाई पक्राउ गरेको छ ।
मङ्गलवार लालझाडी गाउँपालिका–६ का शिवभक्त मिश्रको घरबाट मोटरसाइकल चोरी भएपछि खोजी गर्ने क्रममा मिश्रको मोटरसाइकलसहित ती युवकलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–२ उल्टाखाम बस्ने २० वर्षीय प्रवेश जोशी र बेल्डाडी गाउँपालिका– १ का हर्क निरौला रहेका छन् । उनीहरूको साथबाट चोरी भएको सुपप्र ०२ ००३प ३६३६ नम्बरको मोटरसाइकल र म२प ५२१८ नम्बरको स्कुटर बरामद भएको छ ।
पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्