तपाईँ सुन्दै हुनुहुन्छः

बोदे बसाइनको प्रशासकीय भवन निर्माण कार्य सम्पन्न

राजविराज । सप्तरीको बोदे बसाइन नगरपालिकाको प्रशासकीय भवन निर्माण कार्य सम्पन्न भएको छ ।

महा शिवरात्रि पर्वको अवसरमा नगर प्रमुख आतेश कुमार सिंह यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादवले वडा अध्यक्ष तथा कर्मचारीहरूको उपस्थितिमा गृह प्रवेश पूजा गर्नुभयो ।

आधुनिक सुविधा सहितको नयाँ प्रशासकीय भवनको छिट्टै विधिवत् रुपमा उद्घाटन गरी जनतालाई सेवा प्रदान गरिने नगर प्रमुख यादवले बताउनुभयो ।

आफ्नै भवन नहुँदा गुदरी हटिया व्यवस्थापनको लागि बनेको सार्वजनिक भवनबाट नगरपालिकाले कार्य सम्पादन गर्दै आएको यादवले जानकारी दिनुभयो ।

निमार्ण कार्यको ठेक्का पाएका न्यु ड्रइगन निर्माण सेवा कोटेश्वर, ३२ काठमाडौँले दुई वर्षमा कार्य सम्पन्न गर्ने गरी २०७६ माघ १६ गते नगरपालिका सँग सम्झौता गरेको थियो ।

५ करोड ९७ लाख ३१ हजार ५ सय ११ रुपैयाँ ८२ पैसाको लागतमा भवन निर्माण गरिएको हो ।

नगरपालिकाको प्रशासकीय भवन बनाउन नगर प्रमुखले १० कठा जग्गा निशूल्क दान गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button