तपाईँ सुन्दै हुनुहुन्छः

एमसीसी सम्झौता अब राष्ट्रको हितमा कार्यान्वयन हुनपर्छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष  एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको हितमा एमसिसिको कार्यान्वयन अब महत्त्वपूर्ण विषय भएको बताउनुभएको छ ।

संसद्बाट अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन भएपछि पार्टीको धारणा सार्वजनिक गर्न आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले एमसीसी संसद्बाट अनुमोदन भइसकेकाले अब कार्यान्वयनमा जानुपर्ने बताउनुभयो ।

उहाँले एमसीसी सम्झौता अब राष्ट्रको हितमा कार्यान्वयन हुनुपर्ने नेकपा एमालेले चाहेको बताउनुभयो ।

अध्यक्ष ओलीले पारित भइसकेको परियोजनाका बारेमा राष्ट्रको जनमतलाई थप विभाजित गर्नु उपयुक्त नहुने भन्दै सरकारले यसको कार्यान्वयन देशहित विपरीत नहुने प्रतिबद्धता जनाएकाले त्यसको सफल र देशहित अनुकूलको कार्यान्वयनमा सबैको साथ हुनुपर्ने बताउनुभयो ।

This image has an empty alt attribute; its file name is kp-oli.jpg

उहाँले सत्तामा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसी सम्झौताका सम्बन्धमा दोहोरो चरित्र प्रदर्शन गरेको आरोप लगाउनुभयो ।

अध्यक्ष ओलीले एमालेले उठाएका मागहरूको सम्बोधन हुन नसकेका कारण एमाले एमसिसी प्रक्रियामा सामेल हुन नसकेको स्पष्ट पार्नुहुँदै नेकपा एमाले कहिले पनि दोहोरो चरित्र देखाउने काम नगर्ने बताउनुभयो ।

पत्रकार सम्मेलनमा पार्टीका तर्फबाट विज्ञप्ति पढेर सुनाउँदै नेकपा एमालेका नेता एवं पूर्व मन्त्री प्रदीप ज्ञवालीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदच्युत गर्न मात्र एमसीसीमा विवाद सुरु गरिएको एमालेको निष्कर्ष रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button