तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर मन्त्रालय समन्वय नहुँदा राष्ट्रिय गौरवका आयोजना निर्माणमा ढिलाइ

काठमाडौँ । अन्तर मन्त्रालय समन्वय नहुँदा राष्ट्रिय गौरवका आयोजना निर्माणमा ढिलासुस्ती हुने गरेको पाइएको छ । 

राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आज सिंहदरबारमा बसेको बैठकमा राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गर्न गठित उपसमितिको प्रतिवेदन समिति समक्ष बुझाउँदै सासंदहरुले अन्तर मन्त्रालय समन्वय, जग्गा अधिग्रहण र रुख कटानको समस्याका कारण अधिकांश योजनाहरूको कामले गति लिन नसकेको बताउनुभयो । 

बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अनुगमनमा राम्रो गरेको पाइएमा पुरस्कृत र नियम विपरीत काम गरेको पाइएमा कारबाहीका लागि समेत निर्देशन दिनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष तिमिल्सिनाले आयोजनाको अनुगमनपछि निरन्तर ताकेता गर्न पनि  सांसदहरूलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button