थप १५५ जनामा कोरोना संक्रमण
काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १५५ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ भने थप दुई जनाले ज्यान गुमाएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ५ हजार १५२ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ९ लाख ७६ हजार ७७१ पुगेको छ ।

एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या १ लाख ३९ हजार ३०९ रहेको छ । पछिल्लो समय थप ५४० जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ५५ हजार ९९८ पुगेको छ ।
हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९३४ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप दुई जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी पछिल्लो समय १ लाख २९ हजार ११९ जनाले खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ८ हजार ८३९ रहेको छ । हाल होम आइसोलेसनमा ८ हजार ५७८ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा २६१, आइसियुमा ९२ र भेन्टिलेटरमा १४ जनाले उपचार गराइरहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्