तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्चीका ४० किसानलाई अनुदानमा कृषि सामग्री

सिन्धुपाल्चोक  । मेलम्ची नगरपालिकाले कृषकहरूलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गरेको छ ।

मेलम्ची नगरपालिले वडा नम्बर ११ का ४० किसानहरूको लागि आज कृषि औजार वितरण गरेको हो । 

मेलम्ची ११ मा जरायटार कृषि सहकारी संस्था लिमिटेडमार्फत ७ एच. पि पेट्रोल मिनिटिलिर (हाते ट्याक्टर), मकै रोप्ने उपकरणसहित ४०  थान वितरण गरिएको मेलम्ची नगरपालिका कृषि विकास शाखाका प्रमुख अमरनाथ आचार्यले जानकारी दिनुभयो । 

कृषि विकास शाखाको आर्थिक वर्ष २०७७/०७८ सशर्त कार्यक्रम अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पकेट विकास कार्यक्रमअनुसार पकेट विकास कार्यक्रम (मकै) सञ्चालनको लागि सामग्री वितरण गरिएको हो । 

सामग्री वितरण गर्दै मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले कृषिमा आधुनिकीकरण गर्न र व्यवस्थित बनाउनका लागि विभिन्न कृषि औजारहरू वितरण गरिएको जानकारी गराउँदै कृषकका समस्या समाधान गर्न नगरपालिका तयार रहेको बताउनुभयो । 

कृषि औजार बिग्रने र बनाउन समस्या भएपछि किसानहरूको समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले मिनिटिलर मर्मत सम्बन्धी तालिम समेत सञ्चालन गरेको शाखा प्रमुख आचार्यले बताउनुभयो । 

नगरपालिकाले यसअघि पनि विभिन्न बिउ बिजन, कृषि सामग्रीहरु किसानहरूलाई वितरण गर्दै आएको कृषि शाखाका प्राविधिक हरि गोपाल श्रेष्ठले जानकारी दिनुभयो । 

७ एच. पि मिनिटिलिर ५० हजारको दरले  अनुदानसहित  २० लाख बराबरको सामग्री वितरण गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button