तपाईँ सुन्दै हुनुहुन्छः

झापामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

भद्रपुर, झापा । झापाको अर्जुनधारामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । 
मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–९ निवासी ७८ वर्षीया शिवमाया दाहाल रहेकी छिन् । 

अर्जुनधारा–९ कार्की डाँडास्थित भित्री सडक खण्डमा बुधवार बेलुका ८ः०० बजे दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्र–१–०१–०१२प ५९९८ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गर्दा पैदलयात्री दाहाललाई ठक्कर दिएको थियो । गम्भीर घाइते दाहालको उपचारको क्रममा बि एण्ड सी अस्पताल बिर्तामोडमा राति १२ः०० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । 

मोटरसाइकल प्रहरी चौकी शनिश्चरेको नियन्त्रणमा रहेको छ भने चालक बुद्धशान्ति गाउँपालिका– १ भोटेटारका २१ वर्षीय प्रेम गुरुङ फरार रहेकाले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button