सञ्चार मन्त्री कार्कीद्वारा कलाकार लामाको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले लोकगीत सङ्गीत, चलचित्र क्षेत्रका ख्याति प्राप्त सर्जक तथा कलाकार जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
कलाकार लामाको बुधवार बिहान निधन भएको हो ।
मन्त्री कार्कीले शोक विज्ञप्तिमार्फत लामाको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।
नेपालको सांस्कृतिक क्षेत्रको श्रीवृद्धिमा लामाले पुर्याउनुभएको योगदान सदा स्मरणीय रहने उल्लेख गर्दै मन्त्री कार्कीले उहाँको निधनबाट मुलुकले गीत सङ्गीत, चलचित्र एवं हास्य क्षेत्रका एक असल साधकलाई गुमाएको बताउनुभएको छ ।
कलाकार लामाका “कलकत्ते काइँयो केश मेरो बाङ्गो टेबुलमा ऐना छ पिरती मैले नलाको हैन तकदिरमा रैनछ” जस्ता लोकप्रिय र कालजयी गीत सधैँ आफ्नो मानसपटलमा आइरहने समेत विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
छ ।









प्रतिक्रिया राख्नुहोस्