राष्ट्रपतिसमक्ष विभिन्न देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि विभिन्न देशका राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेश गर्नु भएको छ ।
कोलम्बियाका राजदूत Mariana Pacheco Montes, क्युबाका राजदूत Alejandro Simancas Marin र कजाखस्थानका राजदूत Nurlan Zhalgasbayev ले राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
उक्त समारोहमा परराष्ट्र मन्त्री डा. नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।









प्रतिक्रिया राख्नुहोस्