तपाईँ सुन्दै हुनुहुन्छः

एमसीसी पास गरिनु पर्छ : मन्त्री झाँक्री 

चितवन । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले एमसीसी पास गर्नुपर्ने बताउनु भएको छ । आज नेकपा (एकीकृत समाजवादी) भरतपुरको पार्टी कार्यालयमा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै उहाँले नेपालजस्तो गरिब देशलाई एमसीसी अनिवार्य भएको बताउनुभयो । 

‘हाम्रो जस्तो गरिब देशलाई एमसीसी पनि चाहिन्छ, यसलाई विचार गरेर, अध्ययन गरेर पास गरिनु पर्छ । ’उहाँले  भन्नुभयो, आफ्नो पार्टीका नेता र कार्यकर्ता सडकमा आन्दोलनमा भएपनि आफू सरकारमा रहेको कारण पनि सरकारकै निर्देशन अनुसार चल्नुपर्ने उहाँले बताउनुभयो । 

आफू सरकारमा रहेको हुनाले सरकारको विरोध गर्न नसक्ने उहाँको भनाई छ । ‘म झण्डा भएको गाडी र सुरक्षाकर्मी सहित हिँड्ने म नै सडकमा उही सुरक्षाकर्मीलाई ढुङ्गा हान्न कदापि मिल्दैन ।’ उहाँले भन्नुभयो । ‘नेपाली काँग्रेस पार्टी र प्रधानमन्त्री पूर्ण रुपमा एमसीसीको पक्षमा हुनुहुन्छ । म त्यही सरकारको मन्त्री मैले कसरी बिरोध गर्न कहाँ सक्छु र उहाँले  भन्नुभयो , अर्कोतिर हाम्रो पार्टीका नेता कार्यकर्ता एमसीसीको विरोधमा सडकमा हुनुहुन्छ । 

उहांँहरुले बोलाउँदैमा जान मिल्छ र ? तर पार्टीले जे कुरा निर्णय गर्छ त्यो चाहिँ स्विकार्नु पर्छ ।’  यो जनताको हितमै भएको आफूले बुझेकाले यस विषयमा अध्ययन , विचार विश्लेषण गरेर पास गरिनुपर्ने उहाँको आशय थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button