तपाईँ सुन्दै हुनुहुन्छः

सुक्खा पहिरोमा पुरिएर १ जनाको मृत्यु, २ घाइते

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–७ मा सडक खन्ने क्रममा मङ्गलवार बिहान सुक्खा पहिरो जाँदा पुरिएर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बडिगाड गाउँपालिका–७ का गोपीराम विक रहेको प्रहरीले जनाएको छ ।

इदिखोलादेखि गोठान जोड्ने मोटरबाटो खन्दै गरेको दृश्य हेर्न गएका विकको सडक माथिबाट खसेको सुक्खा पहिराले परिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विराट पौडेलले जानकारी दिनुभयो ।

पहिरोमा परेर स्थानीयवासी कृष्ण विक र दुर्गा विक सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button