गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको परीक्षण उडानको तयारी पुरा

भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको परीक्षण उडानका सम्पूर्ण काम पुरा भएका छन् ।
यही फागुन ६ गते देखि १५ गते सम्म विमानस्थलको परीक्षण हुने भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
विमानस्थलको उपकरण जडान लगायत सबै भौतिक पूर्वाधारका काम सम्पन्न भएका कारण एरोथाइबाट क्यालिब्रेशन फ्लाइट (परीक्षण उडान) हुन थालेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोबिन्द प्रसाद दहालले बताउनुभयो ।
बिहान १० बजे देखि ५ः३० सम्म उडान परीक्षण गरी उपकरणहरू ठिक छन् कि छैनन् भन्ने परीक्षणबाट जानकारी हुने दाहालले बताउँदै भन्नुभयो उक्त समयमा आन्तरिक उडानहरू समेत स्थगित गरिएको छ ।
परीक्षणपछि अन्तर्राष्ट्रिय उडानको प्रक्रिया अगाडि बढ्ने र विभिन्न प्रक्रिया पुरा गर्ने क्रममा टेस्ट ल्याण्डीङ ह्वाइट बडीबाट हुने सम्भावना देखिन्छ दहालले भन्नुभयो, सामान्यतः अन्तर्राष्ट्रिय उडानको लागि ५६ दिन लाग्ने गर्छ त्यो बीचमा हामी सबै प्रक्रिया पुरा गर्ने गरी हामी लागेका छौँ त्यसपछि मात्रै व्यावसायिक उडानको तयारी हुन्छ ।







प्रतिक्रिया राख्नुहोस्