तपाईँ सुन्दै हुनुहुन्छः

रसुवाका तत्कालीन वन अधिकृत मिश्रसहित तीन जनाविरुद्ध भ्रष्टाचार सम्बन्धी आरोप पत्र दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय रसुवाका तत्कालीन वन अधिकृत विष्णुकान्त मिश्रसहित तीन जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी आरोप पत्र दायर गरेको छ ।  

निजले रक्त चन्दनको ठेक्का मिलाई दिन्छु भनी सेवाग्राहीबाट ७० लाख रुपैयाँ घुस लिएको पुष्टि भएकाले सो रकम बिगो कायम गरी सजायका लागि आज आरोप पत्र दायर गरिएको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ      

आयोगले आरोपी मिश्रका छोरा नवीनकुमारलाई पनि प्रतिवादी बनाउँदै ४० लाख बिगो माग दाबी गर्दै आरोप पत्र दायर गरेको छ ।  

यस्तै, आरोपी मिश्रलाई घुस रकम उपलब्ध गराउने ग्याल्जेन एण्ड तामाङ प्रालि र रसुवा ट्रेडिङ कम्पनीका प्रोप्राइटर लाक्पा ग्याल्जेन आफैँले २५ लाख रुपैयाँ दिएको पुष्टि भएकाले त्यति नै रकम बिगो कायम गरी मतियार बनेका निजको सम्पत्तिबाट बिगो भराउन माग गरिएको विज्ञप्तिमा उल्लेख छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button