तपाईँ सुन्दै हुनुहुन्छः

शेयर बजारमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ । आइतबार १०० अङ्क अधिक गुमाएको नेपाली शेयर बजारको परिसूचक नेप्से मङ्गलवार भने दोहोरो अङ्कको सुधार भएको छ ।

मंगवलार नेप्से ५३.३० अङ्क बढेर २७५४.२८ को विन्दुमा पुगेको छ ।

नेप्से दोहोरो अङ्कले बढ्दा कारोबार रकम भने खुम्चिएको छ । सोमबार साँढे ३ अर्ब रुपैयाँ अधिक रहेको सेयर बजारको कारोबार रकम मङ्गलवार भने सङ्कुचित हुँदै ३ अर्ब १५ करोड रुपैयाँमा सीमित भएको छ ।

मङ्गलवार नेप्से दोहोरो अङ्कले बढ्दा अधिकांश उपसमूहहरू पनि उकालो लागेका छन् । यस दिन सर्वाधिक वृद्धि जलविद्युत उपसमूहमा देखिएको छ । उपसमूह ४.३२ प्रतिशत बढेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button