तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेश सरकार आज ४ वर्ष पूरा गरी ५ औँ वर्षमा प्रवेश

जनकपुरधाम । मधेश प्रदेश सरकार आज ४ वर्ष पूरा गरी ५औँ वर्षमा प्रवेश गरेको छ । २०७४ फागुन ३ गते मुख्यमन्त्री लालबाबु राउतसहित ३ जना मन्त्रीले शपथ ग्रहण गर्नुभएको थियो ।

मधेश सरकारले ४ वर्ष पूरा गरेको अवसरमा मुख्यमन्त्री लालबाबु राउतले आफ्ना सरकारको उपलब्धि सुनाउनु भएको छ । आज मधेश भवनमा पत्रकार सम्मेलन गरी मुख्यमन्त्री राउतले ९ शीर्षकमा १ सय ४० बुँदे प्रदेश सरकारको ४ वर्षको उपलब्धि सार्वजनिक गर्नुभएको हो ।

मुख्यमन्त्री राउतले राजनीतिक उपलब्धिको रक्षा, प्रदेशको समग्र  विकास गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणको माध्यमले प्रदेशका जनताको सर्वोत्तम हितलाई प्रदेश सरकारले प्राथमिकतामा राख्दै अगाडि बढिरहेको दाबी गर्नुभयो ।

मुख्यमन्त्री राउतले एक सहिद परिवार एक रोजगारी, ४४ विधेयक प्रमाणीकरण, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, मुख्यमन्त्री स्वच्छता अभियान, जनलोकपाल आयोग गठन, प्रत्येक निर्वाचन क्षेत्रमा ५ किलोमिटर कालोपत्रे सडक निर्माण लगायतलाई उपलब्धिको रुपमा रहेको बताउनु भयो । 

सोही क्रममा मुख्यमन्त्री राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम भ्रमणलाई प्रदेश सरकारको उपलब्धिको रुपमा उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button