आधा उमेर भारत बिताएका प्रेम गाउँ फर्केर सिलाइ कटाइ गरेर गाउँलेको सेवा गर्दै

बझाङ । बझाङ थलारा गाउँपालिका–५ का प्रेम बहादुर दमाई अहिले ५६ वर्षमा पुगे त्यति बेला गाउँमा विद्यालय त थियो । ४ कक्षा सम्म पढेका उनी ७ वर्षको उमेरमा आमाको निधन भएपछि झन् समस्यामा परे त्यसपछि बीचमै विद्यालय छाड्नु पर्यो । घरमा त्यति जग्गा जमिन पनि भएको जग्गा, जमिन पनि पाखो खासै उब्जनी नहुने उब्जनी भएको बालीनाली पनि बाँदर तथा अन्य जङ्गली जनावरले नोक्सान गरिदिने भएकाले घरमा खान नपुग्ने भयो ।
घरको रासन पानी खर्च त होला भन्दै १६ वर्षकै उमेरमा भारत तिर लागे केही बर्ष भारतको देरादुन, दिल्ली र आन्द्रा लगायतका ठाउँमा १८ घण्टा डिउटी समेत गरे । उनले भने, ‘भारतका पनि विभिन्न ठाउँमा का गए कस्तो होला भन्दै ठुलो नोकरी पाउने आशामा धेरै ठाउँ डुले । घरमा त्यही काम गरे बापत पाएको पैसाले चामल, नुन, तेललगायत किन्न पठाउनु पर्थ्यो । २, ४ पैसा बढी जम्मा गर्न र घर पठाउन पाए हुन्थ्यो जस्तो लाग्थ्यो ।’
उमेर बढ्दै गएपछि घरबाट बुवाले पनि घर आएर बिहे गर्नुपर्यो भनेपछि केही वर्ष पछि गाउँ फर्केर बिहे गरे । बिहेमा साहुबाट निकालेको १ लाख बढी पैसा खर्च भएर उल्टै समस्यामा परे अब भारत जानेकी साहुको पैसा लिए बापत हलो जोत्ने ? त्यसपछि उनले ३ बर्ष भन्दा बढी समय गाउँमै साहुको पैसाको ब्याज बापत हली लागेर हलो जोत्ने काम गरेपछि अब त भएन भन्दै फेरी प्रेम घर परिवार छोडेर झोला कानमा हालेर भारत तर्फ लागे ।
भारतका विभिन्न ठाउँहरूमा काम गरे बापत कमाएको पैसाले साहुको १ लाख २५ हजार भन्दा बढी रुपैयाँ चुक्ता गरे उनले भने, ‘के गर्नु हजुर दुख धेरै पाइयो । छोराछोरी घर परिवारको खाने गुजारा देखी सबै भारतको सानोतिनो कमाइले जेनतेन थेगे जिन्दगी भर हलि लागु भने खलो बापत आएको अन्नले खान नपुग्ने । १ छोरी २ छोराछोरी बिहे गर्दा झनै ऋण लाग्यो । त्यो पनि बिस्तारै टारे आधा भन्दा बढी उमेर भारतका विभिन्न ठाउँमा काम गर्दै बित्यो ।’ अब त भएन भन्दै गाउँ फर्केका प्रेम भन्छन् ‘बुढेसकालमा कति अरूको देशमा चाकडी गर्नु । सानो छदा लुगा सिलाउने सिप त थियो । अहिले त्यही सिप बुढेसकालमा फेरी गरिरहेको छु ।’
युएम.एन र प्रगतिशील युवा समाजले २ वटा लुगा सिलाउने मेसिन र अर्को इन्टरलक दिएपछि गाउँमै स्थानीयहरूका लुगा सिलाउने गरेका छन् । एक जोर सर्ट पेन्ट र कोट सिलाएको अहिले ४ देखी ५ हजार दिन्छन् । घरको बेसा नुन, तेल, चिया पानी खर्च त्यसैबाट गुजारा चलाएका छन् । छोरा बुहारी भने हाल सम्म पनि भारतमै रहेका छन् ।
प्रेम भन्छन्, ‘घरमै बसी गाउँले दाजुभाइको सेवा गर्न पाए भैगो । त्यसैमा खुसी छु । मरिलानु के छर’







प्रतिक्रिया राख्नुहोस्