तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा साहित्यकार शर्माको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अग्रणी साहित्यकार डा तारानाथ शर्माको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले शर्माको निधनबाट नेपाली साहित्यले एक कुशल साधक गुमाएको बताउनुभएको छ । 

सामाजिक सञ्जाल ट्विटरमार्फत राष्ट्रपति भण्डारीले भन्नुभएको छ, “प्रखर समालोचक एवम् नेपाली भाषामा झर्रो वादी आन्दोलनका अग्रणी डा तारानाथ शर्माको निधनबाट नेपाली साहित्यले एक कुशल साधक गुमाएको छ । आफ्ना दर्जनौँ कृतिका माध्यमबाट उहाँ हामीबीच अमर रहनुहुनेछ । दिवङ्गत शर्माप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु ।”

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले पनि वरिष्ठ साहित्यकार डा शर्माको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले दिवङ्गत साहित्यकार शर्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button