कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दै छ। यसअघि तीन दिन बसेको बैठक आज दिउँसो ३ बजे बस्न लागेको हो ।
पूर्वनिर्धारित एजेन्डासहित समसामयिक राजनीतिक घटनाक्रममा छलफल गर्न दिउँसो ३ बजे बैठक बस्न लागेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो ।
३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समितिका ३५ जनाले यसअघिका बैठकमा आफ्नो धारणा राखिसक्नुभएको छ । बाँकी सदस्यहरूले आजको बैठकमा धारणा राख्ने सँगै बैठकमा भएको छलफलका निर्णय सार्वजनिक गरिने कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्