तपाईँ सुन्दै हुनुहुन्छः

हुथी समूहद्वारा यमनको सरकारी सेनाको नियन्त्रणमा लिएको रणनीतिक महत्वको हेराद सहर पुनः कब्जा

हाजा। यमनी हुथी विद्रोही समूहले सरकारी सेनालाई शनिबार देशको उत्तरी प्रान्त हजाहको हेराद सहरबाट बाहिर निकालेको छ ।

विद्रोहीसँगको युद्धमा रणनीतिक महत्वको मानिएको उक्त सहरमा नियन्त्रण कायम राख्ने प्रयासमा कम्तीमा ६० भन्दा बढी सैनिकको मृत्यु हुनुका साथै अन्य १४० बढी घाइते भएका सैनिक स्रोतले बताएको छ ।

सैन्य अग्रपङ्क्तिको स्रोतले सिन्ह्वालाई दिएको जानकारीमा भनिएको छ, “हुथी लडाकूले शनिबारको युद्धमा अल–मिसाम सैन्य शिविर र उच्च पर्वतहरू पुनः कब्जा गरेका छन् ।

उहाँले भन्नुभयो, “विद्रोही लडाकूले लुकीछिपी सेनामाथि आक्रमण गर्दा ६० भन्दा बढी सैनिक सिपाहीको मृत्यु भएको छ । उनीहरू दक्षिणी र पश्चिमी छिमेकमा गोप्य रूपमा प्रवेश गरी गरेको आक्रमणमा अन्य १४० जना घाइते भएका छन् ।

यमनी सरकारी सेनालाई समर्थन गर्ने साउदी नेतृत्वको गठबन्धन फौजले हुथी अग्रपङ्तिलाई लक्षित गरी कम्तीमा तीन हवाई आक्रमण गरेको स्रोतले बताएको छ । 

अहिले सेना साउदी अरबसँग सीमा जोडिएको यो रणनीतिक सहरबाहिर पुगेको बताइएको छ । 

यमन सन् २०१४ को अन्त्यदेखि गृहयुद्धमा मुछिएको छ । इरानको सहयोगमा यमनी हुथी लडाकूले उत्तरी प्रान्तहरूमाथि कब्जा जमाएर राष्ट्रपति अब्द–रबू मानसौर हादीको साउदीप्रति निकट नेतृत्वलाई पछि हट्न बाध्य बनाएको थियो ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button