तपाईँ सुन्दै हुनुहुन्छः

सशस्त्र प्रहरीद्वारा दुई युवतीको उद्धार

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा न. ६ गुठी परसौनी नाकाबाट सशस्त्र प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ । नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी निरीक्षक सन्तोष खरेलको नेतृत्वमा झुलनीपुर नाकामा खटिएको टोलीले शङ्का लागि सोधपुछको क्रममा एक जना पुरुष र दुई जना महिलालाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा परेका सुस्ता गाउँपालिका वडा न. ५ बस्ने १९ वर्षीय विनोद वि.क.ले झुलनिपुर नाकाको प्रयोग गरी आफ्नो साथमा मोरङ उर्लाबारी नगरपालिका वडा नं.३ बस्ने वर्ष २६ की र जिल्ला दोलखा पिकु गाउँपालिका वडा नं. १ बस्ने वर्ष २७ की युवतीहरूलाई भारततर्फ लगिँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।  ती दुबै युवतीहरूलाई बेचबिखनका लागि लगिदैं गरेको आशङ्कामा नियन्त्रण लिई थप अनुसन्धान तथा आवश्यक व्यवस्थापनको लागि नेपाल प्रहरीको जिम्मा लगाइएको तथा माइती नेपालसँग आवश्यक समन्वय गरिएको सशस्त्र प्रहरी नेपाल गण नं २६ बेलाशपुर नवलपरासी पश्चिमका सूचना अधिकारी माधव रेग्मीले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button