तपाईँ सुन्दै हुनुहुन्छः

एमसीसी परियोजनालाई अगाडि बढाउनुपर्ने काँग्रेसको निष्कर्ष

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको बैठकले अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।

काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले अन्य राजनैतिक दलहरूसँग समेत छलफल गरी एमसीसी परियोजनालाई अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले जानकारी दिनुभयो ।

बैठकमा बोल्ने नेताहरूले एमसीसीका बारे आम सर्वसाधारणलाई जानकारी गराउन स्थानीय स्तरमा समेत बहसका कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको प्रवक्ता डा.महतले जानकारी दिनुभयो । 

केन्द्रीय कार्यसमितिको बैठक भोलि पुनः बस्ने र आगामी स्थानीय तहको निर्वाचन, पदावधी सकिएका भातृ सङ्गठनहरूको अधिवेशन लगायतका विषयमा छलफल हुने काँग्रेसले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button