तपाईँ सुन्दै हुनुहुन्छः

सांसद मोहन बानियाँ विरुद्ध बलात्कार मुद्दा दर्ता

जुम्ला । जिल्ला प्रहरी कार्यालय बाँकेमा मुगु जिल्लाबाट निर्वाचित नेकपा एमालेका सांसद तथा पुर्वमन्त्री खत्याड गाउँपालिका ३ का ५७ वर्षीय मोहन बानियाँविरुद्ध बलात्कार मुद्दा दर्ता भएको छ । 

जुम्लाकी एक महिलाले सांसद बानियाँविरुद्ध बाँके प्रहरी कार्यालयमा माघ २४ मा जाहेरी दिएकी थिइन् । तर जाहेरी दिएको चार दिन पछि बिहीबार सांसद बानियाँविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेको मुद्दा शाखाको दर्ता नं ३७२ मा बलात्कार विरुद्धको मुद्दा दर्ता भएको छ ।

उहाँले नेपालगञ्जस्थित अप्सरा होटलमा बोलाएर बलात्कार गरेको जाहेरीमा उल्लेख गरेकी छिन । जिल्ला प्रहरी कार्यालय बाँकेले बहालवाला सांसदको हकमा सभामुखबाट अनुमति लिनु पर्ने भएको भन्दै मुद्दा दर्ता गर्न मानेको थिएन ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेले सांसद बानियाँविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा मुद्दा दर्ता भएको बताउनुभयो । उहाँले भन्नुभयो,“सांसद विरुद्धको मुद्दा दर्ता भइसक्यो । अब अनुसन्धान अघि बढ्छ ।  मुद्दा दर्ता नभएको बारे चौतफी दबाब सिर्जना भयो । हामीले प्रक्रिया पुरा गरेर मुद्दा दर्ता गरेका छौ । अब हाम्रो अनुसन्धान अघि बढ्छ ।” पीडित महिलाले सांसद तथा पूर्व मन्त्री बानियाँलाई तत्काल निलम्बन गरेर अनुसन्धान कार्य अघि बढाउनको लागि माग गर्नु भएको छ । 

पीडित महिलाले माघ २४ गते नेपालगञ्ज २ को नामबाट जाहेरी दिएकी हुन । माघ महिनाको १९ गते बिहान ५ बजे बाँके नेपालगञ्ज उपमहानगरपालिका २ स्थित अप्सरा होटलको कोठा नम्बर २१५ मा बलात्कार गरेको जाहेरीमा उल्लेख छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button