तपाईँ सुन्दै हुनुहुन्छः

कार्यसम्पादन समिति बैठकका सम्बन्धमा काँग्रेस पदाधिकारीहरूबिच छलफल

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको भोलि बस्ने बैठकका सम्बन्धमा आज पार्टी पदाधिकारीहरूबिच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको पार्टी पदाधिकारीहरू बिचको छलफलमा आसन्न स्थानीय तहको निर्वाचन, पार्टीको बाँकी रहेका जिल्लाका अधिवेशन, म्याद सकिएका पार्टीका भातृ संस्थाहरूको अधिवेशन लगायतका समसामयिक राजनीतिक विषयहरूमा छलफल भएको पार्टीका सह महामन्त्री बद्री पाण्डेले बताउनुभयो ।

नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button