तपाईँ सुन्दै हुनुहुन्छः

तुफानी हावाहुरीका कारण मधेश प्रदेशसभाको वार्षिकोत्सव स्थगित 

जनकपुरधाम । मधेश प्रदेशको प्रदेश सभाको चौथो वार्षिकोत्सवको सार्वजनिक कार्यक्रम स्थगित भएको छ । 

बिहान देखि नै मधेश प्रदेशका जिल्लाहरूमा तुफानी हावाहुरी चलेका कारणले पटक पटक टेन्टहरू उडाएको र कार्यक्रम गर्ने अवस्था नभएका कारणले वार्षिकोत्सवको कार्यक्रम स्थगित भएको सभामुख सरोज कुमार यादवले जानकारी दिनु भएको छ । 

उहाँले मौसम प्रतिकूल भएका कारणले कार्यक्रम गर्ने अवस्था नभएका कारणले स्थगित गर्नु परेका उहाँले बताउनुभयो । उहाँले वार्षिकोत्सवको अवसरमा आयोजना गरिइएको अतिरिक्त कार्यक्रममा सहभागी भएर विजयी भएका कर्मचारी तथा प्रदेश सभाका सदस्यहरूलाई पछि पुरस्कृत गर्ने सभामुख यादवले जानकारी दिनुभयो । 

प्रत्येक वर्ष प्रदेश सभामा उत्कृष्ट भूमिका निर्वाह गर्ने एक जना प्रदेश सभाका सदस्यलाई ५० हजार सहित पुरस्कृत गर्दै आएको छ । 

आज दिउँसो १ बजेका लागि उद्घाटनको कार्यक्रम तय भएको मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रको प्रमुख आतिथ्यमा कार्यक्रम गर्ने कार्यक्रम तय भएको थियो । 

चौथो वार्षिकोत्सवको अवसरमा यस अघि विभिन्न प्रकारको कार्यक्रमहरू आयोजना भए पनि अन्तिम दिन भव्य कार्यक्रमका बीचमा वार्षिकोत्सव कार्यक्रम आयोजना गर्ने कार्यक्रम तय भए पनि अन्तिम क्षणमा आएर कार्यक्रम स्थगित भएको छ । 

कर्मचारीहरूको बीचमा विभिन्न प्रकारको अतिरिक्त कार्यक्रमहरूको आयोजना गरिइएको थियो भने रक्तदान कार्यक्रम वार्षिकोत्सवको अवसरमा यस पटक पनि गरिइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button