तपाईँ सुन्दै हुनुहुन्छः

बारामा वडा सचिव घुस सहित पक्राउ

बारा । बाराको कोल्हवी नगरपालिकाका एक वडा सचिव घुस सहित पक्राउ परेका छन् । 

नगरपालिका वडा नम्बर ११ रामपुर्वाका वडा सचिव घुस लिइरहेका अवस्थामा वडा सचिव नायव सुब्बा विनोद प्रसाद साह पक्राउ परेका हुन् । जग्गा नामसारी सिफारिसका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको सूचना एवम् उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाको टोलीले साहलाई पक्राउ गरेको हो । 

सेवाग्राहीसँग घुसबापतको रकम ३ हजार ५ सय लिइसकेको अवस्थामा उक्त रकमसहित रंगेहात साहलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाका सहायक प्रवक्ता वेद प्रसाद भण्डारीले जानकारी दिनुभयो  । 

पक्राउ परेका वडा सचिव साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल काठमाडौँले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button