तपाईँ सुन्दै हुनुहुन्छः

झापाको मेचीनगरमा एसएस फुटवेयर उद्योगमा भीषण आगलागी , करोडौँको क्षति

भद्रपुर, झापा । झापाको मेचीनगर–६, काँकडभिट्टास्थित एसएस फुटवेयर उद्योगमा भीषण आगलागी भएको छ ।

आज बिहान ११ बजेर ३० मिनेट जाँदा सो उद्योगमा लागेको आगो अहिलेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।

मेचीनगर–६ का श्याम पिन्टुको सो जुत्ता उद्योगमा विद्युत् सर्ट भई लागेको आगो साढे चार घण्टा बितिसक्दा पनि पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख डिएसपी सुनिलसिंह दाहालले जानकारी दिनुभएको छ ।

उद्योगभित्र रहेको जुत्ता बनाउने कच्चा पदार्थ, रेडिमेड जुत्ता, केमिकललगायतका सामान पूर्ण रुपमा नष्ट भएका छन् । भवनको चारै तिरको भाग पूर्णपमा जलेको छ । क्षतिको पूर्ण विवरण आई नसकेको भए पनि करोडौँको क्षति भएको अनुमान गरिएको छ ।

अहिले भारत र नेपालका दमकलहरूले आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् । 

डिएसपी दाहालका अनुसार भारतका ३ तथा झापा र मोरङका १० वटा गरी १३ वटा दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् भने आगो नियन्त्रणमा नेपाली सेना, जनपद, सशस्त्र प्रहरी र स्थानीयहरू बिहानदेखि नै खटिरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button