तपाईँ सुन्दै हुनुहुन्छः

अफगानिस्तानमा पढ्ने बानीको विकास गर्दै पुस्तकालयहरू

काबुल । अफगानिस्तानका पुस्तकालयहरूले यहाँका नागरिकमा पढ्ने बानीको विकास गर्ने कार्यक्रमहरूको आयोजना गरिरहेका छन् । 

उनीहरूले सर्वसाधारण नागरिकलाई पुस्तक पढेमा बौद्धिक विकास हुने र नागरिकमा ज्ञान बढ्ने खालका सन्देशहरू दिइरहेका छन् ।

यस्ता सन्देशहरू दिँदै ती पुस्तकालयहरूले पुस्तक पढ्ने प्रतिस्पर्धाको पनि आयोजना गर्ने गरेका छन् । यस्तै प्रतिस्पर्धाको आयोजना गर्‍यो हालै राजधानी काबुलको फायाजी पुस्तकालयले । 

सो प्रतिस्पर्धामा उक्त पुस्तकालयले पुस्तक पढ्दा वैज्ञानिक ज्ञानको विकास हुने, विश्वभरका सूचना पाइने तथा समाजको बारेमा धेरै कुरा थाहा हुने भएकोले पुस्तक पढ्नुपर्छ भन्ने सन्देश भरिएका सूचनाहरू ठाउँ ठाउँमा राखेको थियो । 

साथै शिक्षा, ज्ञान र सूचना बिना कुनै पनि देशको विकास हुँदैन भन्दै त्यहाँका पुस्तकालयका कर्मचारीहरूले यस्ता सन्देशहरू पढेर सुनाएका थिए । 

पुस्तकालयका कर्मचारीहरूले विशेष गरी युवा वर्गलाई पढ्ने बानीको विकास गराई अघि बढाउन उनीहरूले यो प्रतिस्पर्धाको आयोजना गरेको बताएका छन् ।रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button