पोखरा उपत्यकाको सिमसार क्षेत्र मानवीय अतिक्रमणको चपेटामा

कास्की । पोखरा उपत्यकामा रहेका सिमसार क्षेत्र मानवीय अतिक्रमणको चपेटामा परेका छन् । सिमसार क्षेत्रमा बढ्दो अतिक्रमणले जलचर तथा चराचुरीङ्गीहरुको वासस्थान समेत लोप हुन थालेका छन् । पोखरा उपत्यकामा रहेका सिमसार क्षेत्र अतिक्रमण हुँदा आगन्तुक चराहरूको सख्या वर्षेनी घट्दो रुपमा रहेको पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरे बताउनु हुन्छ । ”
मानवीय अतिक्रमण तथा ताल सिमसार क्षेत्र पुर्ने स्थानहरूमा घर घडेरी निर्माण हुनु पिकनिक स्पोर्ट बनाएका कारण अहिले पानी चराहरूको सख्या घट्न थालेको घिमिरे बताउनु हुन्छ । ”

उहाँले भन्नुभयो,“चराहरूले खाना पाउने ठाउँ घट्दै जाँदा सिमसार क्षेत्रमा पानीको छिप छिपे भित्र चराहरूको खानाहरू अतिक्रमणमा परे उनीहरूका खाना गुमे । पोखरामा रहेका ताल तलैयाहरूमा बाटो निमार्ण र फुटट्रयाक निमार्ण गर्दा किनारा मासिँदै जाँदा दलदले ठाउँमा पाइने खाना लोप हुन थालेको घिमिरे बताउनु हुन्छ । ”
जबसम्म सिमसार क्षेत्रका मानिसलाई जीविकोपार्जनसँग जोड्न सकिँदैन तबसम्म यो लोप हुँदै जाने अवस्था आउने घिमिरे बताउनु हुन्छ ।
यो सिमसारलाई संरक्षण गर्न सरकारले पनि नीतिगत रुपमा सिमसार क्षेत्रका मानिसलाई सिमसारमा गर्न सकिने जीविकोपार्जन तर्फ जोड्नु पर्ने आजको आवश्यकता रहेको घिमिरेको ठहर रहेको छ ।

सिमसार क्षेत्र चराका लागि बच्चा कोरल्न पनि उपयुक्त हुने स्थान हो तर पोखरा उपत्यकामा अहिले सिमसार क्षेत्रको अतिक्रमणले बच्चा कोरल्ने उपयुक्त स्थान भेट्न नसकेर चराहरू अन्य स्थानमा जान थालेका छन् । जनवरीमा हिउँदमा आउने पानी चराको गणना गर्दा गएको वर्ष भन्दा यो वर्ष आगन्तुक चराहरू घटेको घिमिरेले बताउनुभयो ।
तालहरूको जगेर्ना र अहिलेको विकास भनेको जल क्रीडा र तालहरू थुन्ने काम भएको नेपाल पर्वतारोहण संघका अध्यक्ष शेषकान्त शर्मा बताउनु हुन्छ ।
शर्माले भन्नुभयो ,“जैविक विविधताका हिसाबले संरक्षण गर्नु पर्ने ठाउँमा राज्यले सोच्नु पर्ने भन्दै नदीको किनार हुन्छ अनि बगर हुन्छ सार्वभौम रुपमा बग्ने हुन्छ तर, अहिले बगर र किनारा नराख्दा सिमसार क्षेत्रमा समस्या देखिएको शर्मा बताउनु हुन्छ ।
सोन्दर्यकरणको नाममा सिमसार क्षेत्र मास्ने काम भएको शर्माको आरोप रहेको छ । हिमाली क्षेत्र र पदमार्गहरूमा सिमसार क्षेत्रमा मानवीय अतिक्रमण भएको पाइँदैन तर, पोखरा उपत्यकामा भने सिमसार क्षेत्र तीव्र रुपमा अतिक्रमणमा परेको छ । ”
सिमसार भन्नाले पानीको मुहानलगायत दलदल एवम् पानी जमेको क्षेत्रलाई जनाउँछ । जैविक विविधताको दृष्टिले महत्त्वपूर्ण प्राकृतिक स्थलका रूपमा रहेको सिमसारले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई वासस्थान प्रदान गर्नुका साथै मानिसलाई जीवनयापनका स्रोत प्रदान गर्छ ।
पर्यटकका लागि पौडी खेल्ने, डुङ्गा चलाउनेदेखि सिमसार क्षेत्रमा पाइने चराचुरुङ्गी, वन्यजन्तुको अवलोकनलगायतका प्राकृतिक सौन्दर्यताको अनुभव सिमसारले नै उपलब्ध गराउँछ ।
सिमसारको अत्यधिक उपयोग, भूमि अतिक्रमण, पानीका मुहान तथा दलदल क्षेत्रको मर्मत सम्भार नहुँदा, मिचाहा प्रजाति आदिले सिमसारको संरक्षण र व्यवस्थापनमा चुनौती देखिएको उहाँले जानकारी दिनुभयो । यसबाहेक जलवायु परिवर्तनका असरले पोखरी सुक्दै गएका कारण पनि सिमसार क्षेत्र संरक्षणमा चुनौती थपिएका छन् ।
सिमसार लाखौँ घुमन्ते चरा, माछा, उभयचर, किटपतङ्ग र बोटबिरुवाका लागि महत्त्वपूर्ण वासस्थान हो । सिमसार एक गतिशील, विविधतायुक्त र उर्वर पारिस्थितिक प्रणाली हो । सिमसारलाई जैविक, सामाजिक, पर्यावरणीय र आर्थिक दृष्टिकोणले मूल्यवान् प्राकृतिक प्रणालीको अंश मानिन्छ । यसले पानीको स्रोत संरक्षण गर्नुका साथै यसको बहाव र गुणस्तर कायम गर्छ ।
विश्व सिमसार सूचीमा कास्कीका नौ वटा ताल सिमसार क्षेत्र मानिन्छ । सिमसार भनेका पानीका स्रोत हुन्। तर, संरक्षण गर्न ध्यान नदिँदा यस्ता क्षेत्र मासिँदै गएका छन्। पोखरामा ओसिलो, धापिलो, दलदले, पानी जमिरहने यस्ता क्षेत्र पुरेर घर घडेरी बनाउने क्रम बढेको छ ।








प्रतिक्रिया राख्नुहोस्