तपाईँ सुन्दै हुनुहुन्छः

साबुन उद्योगमा आगलागी, ५० लाख बराबरको क्षति

सप्तरी। सप्तरीको राजविराज नगरपालिकामा रहेको एक साबुन उद्योगमा अचानक आगलागी हुँदा लाखौँको क्षति भएको छ।
राजविराज नगरपालिका वडा नं.७ मा सञ्चालित सो छिन्नमस्ता साबुन उद्योगमा मंगलबार आगलागी हुँदा ५० लाख बराबरको क्षति भएको हो।

जिल्लाकै बोदेबरसाईन नगरपालिका ३ बस्ने सुनिल कुमार साह र सोही ठाउँ बस्ने प्रमोद कुमार साहले संयुक्त रूपमा सञ्चालन गर्दै आएको साबुन उद्योगमा विद्युत सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीबाट उद्योगमा रहेको १२ सय काटुन तयारी कपडा धुने साबुन र १ हजार बोरा तयारी सर्फ लगायत सामाग्री पूर्ण रूपमा जलेर नष्ट भएको छ । स्थानीय प्रहरी, सर्वसाधारण,तालिम केन्द्र राजविराज सप्तरीको दमकल, राजविराज नगरपालिको दमकलको संयुक्त पहलमा आगोलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले बताउनु भयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button